ऊ हिँडिरहेछ- जङ्गलको बाटो ।
दौडिरहेछ- वर्षौंदेखि खै कसले ढुङ्गा बिछ्याएको साँघुरो बाटोमा ।
ढुकढुकी जोडजोडले उफ्रिरहेछ । डराइरहेछ । उसलाई आज कुनैपनि बाटो परिचित लागेको छैन । यस्तो लागिरहेको छ, ऊ जता हिँडेपनि, जता दौडेपनि- घुमिफिरि एउटै बाटोमा आएर टुंगिरहेको छ । तर हरेकपटक त्यही बाटो उसलाई फरक लागिरहेको छ । भरखरै.. केही समयअघि भेटेको-हिँडेको बाटो पनि, अपरिचित लागिरहेको छ ।
उसलाई निसा लागेको छ ।
क्षितिजले घामलाई सर्लप्प निलिदिन्छ । समयले रातलाई अँगाल्छ । रातले अन्धकारको हात बिस्तारै समात्छ । औंसीको रात । उसलाई थाहा छ, आज आकाशले जूनलाई आफ्नो काखमा खेलाउने छैन । हतारिएर, उसले आफ्नो झोलाबाट सानो ट्रचलाइट निकाल्छ । ट्रचलाइटसँगै झोलाबाट केही चिठ्ठीहरू बाहिर निस्किन्छन् – फुत्तफुत्त भुईंमा खस्छन् । उसले हतारहतार भुईँबाट ती चिठ्ठीहरू टिप्छ, समाल्छ र फेरि होसले झोलामा राख्छ ।
आज उसले यसरी बाटो नबिराएको भए, ती चिठ्ठीहरू अहिले कुनै आमाका हातमा हुन्थे त कुनै प्रियसीका ओठमा । सायद ती उसको त्यो चिसो झोलाको सट्टा, तातो ओछ्यानको सिरानीमुनि लुकिरहेका हुनसक्थे ।
कतै पुग्न भनि हिडेका कुराहरू, कहिलेकाहीँ कत्तै पुग्दैनन् ।
झ्याउकिरीको एकोहोरो झ्याउझ्याउले उसको कानलाई गिज्याइरहेको छ । उसले डरको लामो-लामो सास फेर्दाको आवाज – स्याँ स्याँ – जङ्गलका हरेक रूखहरूलाई छुँदै फेरि उसैका कान फर्किदैछन् । उसको मनमा कुनै जङ्गली जनावरले आक्रमण गर्छ कि भन्ने डर एउटा अग्लो पहाडको टुप्पोमा पुगिसकेको छ ।
हुनत, उसले भुत या पिशाचहरूको कहिले पनि विश्वास गरेन । तर आज किनकिन उसले सारेका हरेक पाइलामा, अहिले त्यही डरको ‘तर्साउने त्र’ पनि झुण्डिरहेको छ ।
झ्याउकिरीको झ्याउझ्याउलाई बिस्तारै एउटा आवाजले काट्छ । सोही आवाजलाई पछ्याउँदै ऊ जङ्लबाट बाहिर निस्किन्छ ।
बाहिर उसले एउटा बडेमानको पहाडबाट झरना झरिरहेको पाउँछ । र ऊ अहिले सोही झरनाले बनाएको खोलाको बगरमा उभिएको छ । उसलाई बल्ल पो ज्ञात हुन्छ, उसको आँत कति सुकेको छ ! ऊ दौडिदै त्यो खोला छेउमा पुग्छ । ट्रचलाइटलाई बगरको सानो ढुङ्गामा अडाएर, खोलाको पानीलाई अञ्जुलीमा लिन्छ र –घट..घट– पिउन थाल्छ ।
उभिएर ऊ चारैतिर नजर दौडाउँछ । तल.. उसले केही बलिरहेको देख्छ । धिपधिप उज्यालो । त्यही उज्यालोलाई पछ्याउँदै ऊ खोलाको बगरैबगर हिँडन थाल्छ । र मनमा यो कामना पनि गर्छ कि त्यो कुनै घर भइदियोस् । उसको पेटलाई भोकले नराम्रोसँग लात हिर्काइरहेको छ । र आज धेरै हिँडेकाले उसका खुट्टाका जोर्नीहरू दुख्न थालिसकेका छन् ।
उसको कामना पुरा हुन्छ । बल्ल उसले एउटा घर भेटाउँछ । उसको मन खुशीले फुरुङ्ग हुन्छ । त्यो सानो खरले छाएको घर, बगरभन्दा थोरै माथि उभिएको छ । आँगनबाट उसले घरको सिकुवामाथिको दलिनमा झुण्डिरहेको लालटिन देख्छ, जसको उज्यालोलाई पछ्याउँदै ऊ यहाँसम्म आइपुगेको थियो । त्यस लालटिनलाई मनमनै ‘धन्यवाद’ दिन्छ ।
लालटिन पनि एकचोटि.. धिप्प निभ्छ, र फेरि अघिको भन्दा ठूलो ज्वाला बनेर बल्न थाल्छ । यस्तो लाग्छ, उसले भरखरै दिएको ‘धन्यवाद’लाई त्यस लालटिनले आत्मसात गर्यो । स्विकार्यो ।
घरको पुरानो मुल ढोकालाई हेर्दै, उसले आँगनबाटै आफ्नो मलिन आवाजमा सोध्छ – “घरमा कोही हुनुहुन्छ ?”
एकछिनसम्म ऊ जवाफ कुर्दै त्यही ढोकामा एकोहोरिन्छ । तर केही उत्तर नआएपछि ऊ फेरि अघिकोभन्दा अलिक ठूलो स्वरमा बोल्छ – “सुन्नुहोस् त.. यहाँ बास पाइन्छ होला ?”
मुल ढोकाको आग्लो उघ्रिन्छ । ढोकाबाट पहिला एउटा बिरालो बाहिर फुत्तो निस्किन्छ र सिकुवाबाटै ऊतिर नजर दौडाउँछ –
“म्याऊ !”
ढोकाबाट एक वृद्धा लालटिन लिएर बाहिर निस्किन्छिन् । उसले ती वृद्धालाई ‘नमस्ते’ गर्दै, आफ्ना आजका सारा वृतान्तहरू सुनाउँछ । दुःख बिसाउँछ । र आजको रात आफ्नो घरमा बास दिनको निम्ति आग्रह गर्छ ।
वृद्धाले उसका कुराहरू मौन रही सुनिरहन्छिन् । एकछिन उसको अनुहारमा टोल्याउँछिन् । सायद, उनी उसको अनुहार पढ्न चाहन्छिन् र जान्न चाहिन्छन् उसको चरित्र – ऊ कस्तो खाल्को मान्छे हो भनेर । उनले यसो लालटिन उठाएर, उसको कम्मरमा छड्के भिरिएको हुलाकी-झोलामा पनि आँखा दौडाउँछिन् । उनको चाउरिएको अनुहारमा अलिकति भएपनि ‘ढुक्क’को भावभङ्गी देखिन्छ ।
वृद्धाले उसलाई बास दिने हुन्छिन् । तर सर्तमा उसले घरको सिकुवामै सुत्नु पर्ने हुन्छ । उसले त्यस वृद्धाको सर्तलाई स्विकार्छ र आफ्नो झोलालाई सिकुवाको खम्बामा झुड्याउँछ । वृद्धा फेरि घरभित्र पस्छिन् । उनीसँगै त्यो अघि बाहिर निस्किएको सेतो बिरालो पनि भित्र पस्छ ।
सिकुवाको खाबोमा झुण्डिरहेको लालटिन फेरि एकपटक धिपधिप गर्छ । लालटिनको उज्यालोमा उसले, पिडीँछेउमा ढल्किएको सुक्कुललाई तान्छ र भुईँमा ओछ्याउँछ । थाकेको शरीरलाई सोही सुक्कुलमा बिसाउँछ । आफ्नो शिरको टोपीलाई फुल्काल्छ । पिडीँमा आफ्नो ढाडलाई अढेस लगाउँछ । एकपटक उसको मुखबाट थकानको सुस्केरा निस्किन्छ ।
उसले ढोकोनेर कसैको पाउजु बजेको आवाज सुन्छ । यसो आँखा उठाएर हेर्छ । उसको अघि, एक युवती उभिरहेकी छे । अत्ति सुन्दर । बिछट्टै राम्री । उसलाई लाग्छ, आज उप्रान्त उसले यति सुन्दर यौवना कहीँकतै देखेको छैन । उसले आफ्नी पत्नीको स्वरुप पनि बिर्सिन्छ । लालटिनको पहेँलो प्रकाशमा चम्किएको उसको अनुहार झन् उसलाई कामुक लाग्छ ।
आकाशले आज बिर्सिगएको जूनलाई उसले आफू सामु पाउँछ । उसलाई लाग्छ, ऊ कुनै देवी हो ।
उसको हातमा एउटा सिरख र तन्ना छ । र उसले आफ्नो काखीमा सिरानी च्यापेकी छे । उसको अनुहारमा लाज लपक्क भइ टांसिएको छ र त्यो उसको ओठबाट झर्न-झर्न लाग्दैछ ।
उफ् !
ऊ उसका ओठमा हुरुक्कै हुन्छ । उसलाई अहिले नै ती ओठलाई निमोठ्न मन लाग्छ, आफ्ना ओठहरूले । उसले आफ्नी श्रीमतीका फुटेका ओठलाई बिर्सिन्छ ।
ख्वाङ्.. ख्वाङ्..
भित्रबाट एउटा बुढो खोकी, मुल ढोका हुँदै बाहिर निस्किन्छ ।
“आमाले पठाउनु भएको !” – भन्दै उसले ती सिरख, तन्ना र सिरानीलाई सुक्कुलमै छोडेर हतारहतार भित्र पस्छे ।
ऊ उठेर तन्ना मिलाउँछ । सिरानी मिलाउँछ र आफ्नो थाकेको शरीरलाई ओछ्याउनमा उत्तानो ढल्काउँछ । सिरखलाई तानेर आफ्नो आधा जिउ छोप्छ । उसको मस्तिष्कमा त्यही वृद्धाकी छोरीको अनुहार नाँच्न थाल्छ ।
उसले पालैपालो – कल्पना मै भएपनि – उसका गालालाई चुम्छ, ओठलाई निमोठ्छ । उसको कपालमा आफ्नो नाक अड्याउँछ । उसका घाँटीहरू हुँदै उसका स्तनमा आफ्नो हात दौडाउँछ ।
छ्याङ्.. छ्याङ्..
पाउजु बजेको आवाज ढोका हुँदै फेरि उसको कानमा ठोकिन्छ । हतारहतार उसले सुरूवालभित्रबाट आफ्नो दाइने हात निकाल्छ । ऊ अलिक सर्तक हुन्छ । फेरि भित्तामा आफ्नो ढाडलाई अडेस लगाएर बस्छ । उसको अघि फेरि त्यही युवती हातमा थालमा बोकेर उभिन्छे ।
“आमाले पठाउनु भएको !” – लजाउँदै उसले थाललाई पिँडीमा राख्छे । उसको एक थोपा लाज पनि त्यही थालमा खस्छ । उसले चाल पाउँछे कि एक जोडी अपरिचित आँखा अहिले उसका गोलाकार स्तनमा टांसिएका छन् । र ती निकै नै भोकाएका छन्, तिर्खाएका छन् ।
ख्वाङ्.. ख्वाङ्..
भित्रबाट एउटा बुढो खोकी, मुल ढोका हुँदै फेरि बाहिर निस्किन्छ । पाउजुको –छ्याङ..छ्याङ– आवाज हतारिँदै फेरि घरभित्र पस्छन् ।
थालमा तीनवटा वन-तरुल र एक गिलास कालो चिया छ । त्यो देखेपछि बल्ल उसले आफ्नो भुँडीको भोक सम्झिन्छ । र भोको कुकुर झैं तिनमा झम्टिन पुग्छ ।
अहिले उसको पेट अघाएको छ । तर मन भने ज्याद्रो भोकाएको छ । उसले आफ्नो मानसपटलबाट, त्यो युवतीको चम्किलो चेहेरा हटाउन सक्दैन । उसको मस्तिष्कमा यतिबेला त्यो युवती नाङ्गै नाचिरहेकी छे । त्यो सेतो.. कामुक देहले, उसको कल्पनामा एउटा घर बनाएको छ र ढुक्कले बसेको छ । अनि यता यथार्थमा भने उसको दाइने हात उसको लिङ्ग खेलाइरहेको छ ।
आफ्नो कल्पनाको उडानमा आफैलाई बिर्सिरहेको उसले यो पटक भने पाउजुको –छ्याङ..छ्याङ..- सुन्दैन । भित्रबाट आग्लो लगाएको आवाजले उसको शरीर जिरिङ्ग हुन्छ । ऊ तर्सिन्छ । अर्धचेतमै उसले आफ्नो दाइने हात सुरुवालबाट बाहिर निकाल्छ ।
पाउजुको –छ्याङ..छ्याङ.- फेरि घरभित्रै पर-पर सुनिदै जान्छ र एकछिनपछि बिलाउँछ ।
***
मध्यरात भइसक्दा पनि उसलाई निद्रा लाग्दैन । उसको मन-मस्तिष्कलाई एउटै मात्र अनुहारले लखेटिरहेको छ ।
त्यो कामुक अनुहार ! त्यो तिलस्मी अनुहार ! त्यो चुम्बकीय अनुहार ! त्यो दैविक अनुहार ! उफ्, त्यो अनुहार !
ऊ उठेर सिकुवा मै यता-उता हिँड्छ । आँगनसम्म पुग्छ । त्यही पनि उसको आंकाक्षा झन्झन् दह्रो हुँदै जान्छ । बहुलाउदै जान्छ ।
उसको आँत सर्लक्कै सुकेको छ । तर उसलाई थाहा छ, त्यो आँतलाई पानीले बिझाउँदा पनि उसको मनको प्यास भने मेटिने छैन । उसको ओठ पनि छ्याप्पै सुकेको छ । ऊ घरिघरि आफ्नो जिब्रो ओठहरूमा घुमाउँछ । फेरि त्यही युवतीको ओठ सम्झिन्छ ।
उफ्, ती सर्लप्पै बिझेका ओठ !
अब भने उसको बहुलठ्ठीपनाले कामुकताको अन्तिम पर्खाल नाघ्छ । ऊ त्यो मुल ढोकाअघि गएर उभिन्छ । दुईवटा ढोकाको बीचको ठाडो प्वालबाट भित्र चिहाउँछ । भित्र अन्धकार सिवाय केही देख्दैन ।
केही महत्वपूर्ण कुरा सम्झेे झैं ऊ झल्यास्स् हुन्छ । उसले आफ्नो झोला खोतालखुतुल पार्छ । झोलाबाटो सानो-तर-लामो कर्द निकाल्छ – जुन उसले बाटोमा केही परिहाल्छ कि भनेर बोकेको थियो । उसले त्यस कर्दलाई त्यो दुईवटा ढोकाको बीचको ठाडो प्वालमा छिराउँछ र भित्रपट्टीबाट लगाएको आग्लो खोल्न खोज्छ ।
त्यस कर्दझैं उसको मनभित्रको प्यास पनि धारिलो भएको छ । उसको हातबाट कर्द चिप्लिन्छ र उसको चोर औंलाको टुप्पो थोरै काटिन पुग्छ । उसको हातबाट कर्द खस्छ । पीडामै हतारहतार, आफ्नो चोर औंलालाई मुखमा हाल्छ र चुस्न थाल्छ । खुनमा दौडिरहेको कामुकताले उसको मुखलाई छोएपछि, ऊ झन् बढी बहुलाउँछ ।
उसले खसेको कर्दलाई फेरि टिप्छ र ढोकाहरू बीचको प्वालमा छिराउँछ । केहीछिनको प्रयासपछि ऊ त्यो आग्लो खोल्न सफल हुन्छ । आग्लो खोलिँदाको खर्याङ्.. आवाज केही ठूलो सुनिन्छ । तर उसलाई विश्वास हुन्छ कि त्यो आवाज अरु कसैले सुनेको छैन ।
उसले आफ्नो झोलाबाट टर्चलाइट निकाल्छ । र बिस्तारै कसैले चाल नपाउने गरि घरिभित्र पस्छ । चारैतिर निस्पट्ट अन्धकार छ । उसको हातमा बलिरहेको टर्चलाइटको प्रकाश घरका बुढा भित्ताभरि रहस्मयी चोर-चालमा हिँड्न थाल्छ ।
स्याँ..स्याँ..
उसको कानमा एउटा अजीब आवाज ठोकिन्छ । कोही कतै लामो लामो सास फेरिरहेको छ । ऊ त्यस सासलाई पछ्याउँन थाल्छ । उसको मनमा डर त छ तर त्यस डरलाई उसको प्रचण्ड कामुकताले जितिरहेको छ । ऊ त्यो आवाज आइरहेको कोठातिर पस्छ ।
कोठाभित्र वृद्धाकी छोरी नग्न अवस्थामा बिस्तारामा उत्तानो पल्टिएकी छे । उसले आँखा चिम्लिएकी छे । मानौं, अहिले ऊ यो लोकमै छैन । उसको नाक-मुखबाट लामो लामो सास बाहिर निस्किरहेको छ ।
उसले आफ्नो हातको टर्चलाइटको प्रकाशलाई उसको शरीरतिर तेर्साउँछ । बिस्तारै टर्चलाइटको प्रकाशलाई उसको वदनभरि हिँडाउन थाल्छ । उसको स्तन, नाबी हुँदै त्यो प्रकाश उसको तिघ्राको बीच..
ऊ तर्सिन्छ । उसको हातबाट टर्चलाइट खस्छ ।
“म्याऊ !”
त्यो अघिको सेतो बिरालोले उसको जाङबाट आफ्नो टाउको उठाउँछ । र ओछ्यानबाट उत्रेर कोठाबाट लुसुक्क बाहिर भाग्छ । त्यस बिरालेले उसको योनी चाटिरहेको दृश्य फेरि उसको मस्तिष्क एकपटक फनन.. घुम्छ ।
उसले खसेको टर्चलाइट उठाउँछ । र त्यस टर्चलाइटलाई फेरि त्यो युवतीको अनुहारतिर तेर्साउँछ । अहिले युवतीका आँखा उघ्रिएका छन् । तर ती आँखामा कुनैपनि आश्चर्य झल्किएको छैन । उसलाई यस्तो लाग्छ, बरू तीनले उनलाई बोलाइरहेका छन् ।
ऊ त्यो युवतीमाथि भोको बाघ जसरी झम्टिन पुग्छ । उसले आफ्ना ओठहरूलाई त्यो युवतीको कामुक शरीरभरि दौडाउँछ । जताततै ।
यतिबेला भुइँमा खसेको उसको टर्चलाइट भने खाटमुनि पुगेको छ । ऊभित्रको भोको बाघले त्यो युवती हरेक अङ्गलाई बिस्तारै बस्तारै निल्दै छ । उसको लिङ्ग, त्यस युवती योनीमा चुम्बक झैं टांसिएको छ । जस्तो कि त्यो योनी उसैको लिङ्गको लागि बनेको हो ।
युवतीका नङ्ग पनि यतिबेला उसका कसिला बाहुपासमा गाडिएका छन् । ऊ पनि त्यस पुरुष शरीरलाई सिङ्गै निल्न चाहन्छे तर आफ्नो मुखले होइन – योनीले ।
दुबैको लामो लामो सास फेर्दाको आवाजले त्यो अन्धकारलाई टुक्रा-टुक्रा बनाइरहेको छ । उसको सासको गति तिव्र हुँदै जान्छ । ऊ आनन्दको चरम स्थलमा पुग्छ, त्यस युवतीको योनीभित्र स्खलित हुन्छ ।
तर युवतीले आफ्नो योनीभित्र उसको वीर्यलाई महसुस गर्दिन । उसले त्यस हुलाकीलाई अझ जोडले अठ्याउँछ । तर हुलाकी शिथिल भइसकेको हुन्छ – जस्तो कि भरखरै कसैले उसको शरीरको जम्मै तागतलाई चुसेर लगेको छ ।
कामुकताको त्यो डरलाग्दो प्यास नटमेटिएपछि, युवती रिसले चुर हुन्छे । उसको शरीरमा बिस्तारै परिवर्तन आउन थाल्छ । उसका छालाहरू चाउरिन थाल्छन् । ओठ बर्बराइरहेका छन् । उसले त्यस हुलाकीलाई खाटबाट लातले हानेर भुईँमा खसाइदिन्छे ।
हुलाकी भुईँमा नराम्रोसित बजारिन्छ । उसले मुखबाट खुन छाद्न थाल्छ । ओछ्यानतिर फर्किएर हेर्छ । त्यो अँध्यारोमा पनि उसले सबथोक प्रष्ट रुपमा देख्न सकिरहेको छ । अहिले ओछ्यानमा युवती होइन, त्यही वृद्धा छे – जसले उसलाई बास दिएकी थिई । उसको त्यो कुरुप स्वरुप, रिसले झन् भयानक भएको छ । उसका बुढा ओठहरू थर्थराइरहेन् । एकोहोरो बर्बराइरहेका छन् ।
उसले आफ्नो शरीरको तापक्रम झन्झन् बढ्दै गएको पाउँछ । आफूलाई अत्यन्तै तातो महसुस गर्छ । उसका आँखाबाट आँसु खस्न थाल्छन् । ऊ चिच्याउन थाल्छ । कराउन थाल्छ । गुहार माग्न थाल्छ । ऊसँग कुनै विकल्प रहँदैन, ऊ बिस्तारै आफ्नो शरीरको पिडादायी रुपान्तरणलाई जबर्जस्ती अँगाल्छ । एकछिन त मरणासन्न पुग्छ ।
ऊ अब मान्छे रहदैन । उसको शरीर कुनै मानव-शरीर होइन । ऊ के हो – के बन्यो – उसले छुट्याउन सकिरहेको छैन । अहिले उसको देह परिवर्तन भएको छ तर उसको आत्मा भने उही छ – मानव-आत्मा ! उसलाई सब कुरा याद छ । सब घटनाको ज्ञात छ । ऊ कतै नहेरि.. केही नसोचि.. दौडिदै कोठाबाट बाहिर निस्किन्छ । त्यहाँबाट भाग्न थाल्छ ।
ख्वाङ्..ख्वाङ्..
ऊ मुल ढोकानेर पुग्न लाग्दा, त्यो बुढो खोकी फेरि उसको कानमा ठोकिन्छ । डराईडराई- कायाकल्पित उसको टाउको, पछाडि फर्किन्छ । उसको दृष्टिलाई अहिले अँध्यारोको कालो पर्दाले पनि छेक्न सकिरहेको छैन । उसले त्यो अँध्यारोमा सबथोक देखिरहेको छ- पर.. चुलोनेर त्यही अघिको सेतो बिरालो बुढो खोकी खोकिरहेको छ ।
ख्वाङ्..ख्वाङ्..
°°°
(Painting: The Great Masturbator, 1929 by Salvador Dali)