Pelo Malo [ Bad Hair ]



Pelo Malo [ Bad Hair ]
Country: Venezuela

**
[ कपालप्रतिको obsession ले दरार पैदा गरिदिन्छ ? ]
**
| INSIDE “PELO MALO ” |

जुनियर (Junior), एउटा ८/९ वर्षको केटा जो उसको सिङ्गल आमा र सानो भाइसँग एउटा अपार्टमेन्टमा बस्ने हुन्छ ।

उसको कपाल कर्ली हुन्छ, जुन उसलाई कति पनि मन पराउदैन । ऊ विभिन्न तरिकाबाट आफ्नो कपाललाई स्ट्रेट बनाउन खोज्छ । सधैं । यो कपालप्रतिको उसको obsession देखेर उसकी आमालाई निकै दिक्क लागिसकेको हुन्छ, किनकि उसलाई लाग्छ यो उमेरको बच्चाको लागि यो सामान्य व्यवहार होइन । ऊ गीत पनि गाउन रुचाउने, गाइरहने र कपाललाई सधैं स्ट्रेट बनाउन खोज्ने जूनुन देखेर उसलाई लाग्छ, कतै उसको छोरा Gay त होइन ?

जुनियरको एउटा साथी हुन्छे( La Nina ), जो उनीहरूको अपार्टमेन्टको अर्को तल्लामा बस्ने हुन्छे । उनीहरू सँगै खेल्छन् । सँगै समय बिताउछन् । उनीहरू दुवै स्कुल विदा सकिने अगावै फोटो खिच्न चाहन्छन् । La Nina कुनै राजकुमारीको पोशाकमा आफ्नो फोटो खिचाउन चाहन्छे भने जुनियर आफ्नो फोटो कुनै एउटा गायकको पोजमा खिच्न चाहन्छ, जसको कपाल स्ट्रेट हुन्छ । ऊ यसकारण पनि आफ्नो कपाल स्ट्रेट बनाउन चाहन्छ ।

यसरी कहानी अघि बढ्दै जान्छ…

**
| MORE |

This movie deals with various subjects including parents tension to their children’s gender identity + sexuality .

फिल्मले तत्कालीन Venezuela को अवस्थालाई पनि चित्रण गरेको छ ।
**
| VIEW |

beautiful | *
powerful | *
meaningful | *
**
| RELATING |

Sometimes I too get obsessed with my hair. Its kinda mess, always. But, not that negative kind of obsession, i always love my messy hair