Hukkle [ 2002 ]



मलाई वर्ल्ड टुर हान्न पासपोर्ट र पैसाको जरुरत पर्दैन ।😋

जबजब म हङ्गेरी [ फिल्म मार्फत ] पुग्छु, Béla Tarr लाई खुब सम्झिने गर्छु । “Satantango” र “The Turin Horse” हेरेपछि, म उनका ती दार्शनिक आर्ट-फिल्महरूको भक्त नै बन्न पुगेँ । संसारमा धन्न यस्ता फिल्महरू छन् र त केही समय भएपनि बाँचेको अनुभव गर्न पाइएको छ ।

°°°
अब कुरा गरौं, मैले भर्खरै हेरेको यो हङ्गेरियन क्राइम-ड्रामाको~

Hukkle [ 2002 ]

यो फिल्म बाडुली[ hiccups ]को कथा हो ।

एउटा बूढो आफ्नो घरबाट दुध भएको भाँडो बोकेर बाहिर निस्किन्छ । ऊ बाटोमा भएको एउटा बेन्चमा बस्छ, र त्यो बाटोमा हुने/हिड्ने, मान्छे/क्रियाकलापलाई नियाल्न थाल्छ । यहाँ उसलाई बाडुली लाग्न सुरु हुन्छ । र बाडुली सँगसँगै डार्क र मिस्टिरियस् कुराहरूले फिल्मलाई छोप्दै जान्छन् ।

बाडुलीबाट बगेर फिल्मले एउटा यस्तो मोड लिन्छ, जुन गएर एउटा मान्छेको मर्डरमा टुङ्गिन्छ । यहाँ मान्छे मात्र मर्दैन, बिरालो मर्छ, मौेरी मर्छ । मारिन्छन् । एउटा बुढोको बाडुलीबाट सुरुभएको फिल्म एउटा अँध्यारो, रहस्यमयी स्थितिमा पुगेर टुंगिन्छ ।

यस फिल्मका केही सिनहरूमा तपाईलाई लाग्न सक्छ- तपाईं डिस्कबरी च्यानल हेर्नू हुदैछ । किनकि यहाँ मान्छे मात्र छैनन् पात्रहरू, जनावर छन्, कमिला, किराफटयांग्राहरू पनि छन् । यी सबै दृश्यहरूलाई राम्ररी नियाल्दा, डाइरेक्टरले ‘फुड चेन’ बारे देखाउन खोजेका हुन् कि भन्ने पनि बुझिन्छ !

यस फिल्मका डाइरेक्टर György Pálfi को `सिन कट´ गर्ने तरिकाको म खुब खत्रा दिवाना भएको छु ।
°
HUKKLE:~
एउटा सुन्दर~रहस्यमयी~सिनेम्याटिक~सरियल + एक्सपेरिमेन्टल फोटोग्राफ हो ।

°°°
[ ब्याक्ग्राउन्ड आवाज र केही खासखुस बाहेक यस फिल्ममा कुनै संवाद छैनन् । त्यसैले हेर्दा तपाईलाई सब्टाइटलको कुनै जरुरत पर्ने छैन । र यो फिल्म युट्युबमा उपलब्ध छ ! ]