Dogtooth [ Κυνόδοντας ]



ग्रिसमा एउटा डाइरेक्टर छ । जिउँदै छ । मान्छे कस्तो छ थाहा भएन । तर फिल्म अकडो बनाउँछ । भिन्न, विचित्रको, अचम्मैको बनाउँछ । सधैं म असमञ्जसमा पर्छु, के साच्चै त्यो मान्छे यहीँ धर्तीमा सास फेरिरहेको छ त ?

यो प्रश्नलाई प्रश्नवाचक चिन्हमै झुन्डाइदिऊ-

तुर्लुङ्ग.. ¿

उसको नाम Yorgos Lanthimos हो, जसले आजसम्म ४ वटा ओस्कार नोमिनेसन खाइसक्यो । उसको मैले ३ वटा फिल्म हेरेँ ।

“The Lobster” तपाईहरू मध्ये धेरैले सुनेको/हेरेको फिल्म हुनुपर्छ । दिमाग रन्थनाइदिएको थियो । हेर्नू भएको छैन भने, सुरुमा त्यो फिल्म हेर्नुस्, यो आत्माको परिचय पाउनुहुनेछ ।

अर्को ” The Killing of a Scared Deer “, यो फिल्मले तपाईंलाई तर्साउनुको सिमाभन्दा माथि उठेर तर्साइदिन्छ । “Midsommer ” पछि कुनै फिल्म मेरो दिमागमा ‘तर्साउने त्र’ जसरी छापिएको छ भने त्यो हो- The Killing of a Scared Deer.

र अब कुरा गरौं मैले भर्खरै हेरेको यो फिल्मको~

Dogtooth [ Κυνόδοντας ]

तपाईलाई म यहीँ फिल्मको पात्र बनाइदिन्छु । बनाइदिसकेँ- अब मानिदिनुस् पनि यार ! तपाई किशोर अवस्था हुनुहुन्छ तर आफ्नै घरमा तपाईलाई बच्चा जस्तो बनाइएको छ । कुकुर जस्तै बनाएर राखिएको छ ।

नियम~ तबसम्म तपाईं घरबाट बाहिर निस्कन पाउनुहुन्न, जबसम्म तपाईको कुकुर-दाँत झर्दैन ।

कहानी यहाँबाट सुरू हुन्छ ।

*ISOLATED?*

WARNING 1 : यो समय यो फिल्म हेर्ने समय होइन ।

WARNING 2 : यो समय यहीँ फिल्म हेर्ने समय हो ।

WARNING 3 : It’ll be too disturbing — and meandering — for some people.