प बाट पैताला



“पैताला र जमिनको आदिम संवाद नै मान्छे को पहिलो कथा हो !”

अब सुनौं सोही कथा विस्तारमा:

त्यतिबेला म कक्षा १२मा पढ्थेँ र मलाई कक्षाका किताब बाहेक सबै किताब पढ्ने भुत चढेको थियो ।

इटहरीमा ‘पैताला’ आएर बसेछ । त्यतिबेला कुन/कस्तो/कसको किताब पढ्ने मलाई त्यति ज्ञान थिएन । घरमा किताब सकिए । आमालाई पैसा मागेँ, कोर्सको किताब किन्नु पर्यो भन्ने बहानामा । छोरोले धेरै पढोस्, आमा यहीँ चाहथिईन् । छोरोको झुट आमाले पत्याईन् ।पैसा हात लाग्यो । र म इटहरी पुगेँ, कोर्सको किताब न-किन्न ।

त्यहाँ मिस्टिरियस् लुक्सको साथ, खै कुन चाहिँ बटुवालाई कुरेर बसेको थियो एउटा जोगी- जसको नाम ‘पैताला’ थियो । साँच्चै भन्दा, त्यतिबेला पैताला कस्तो थियो र गनेस पौडेल को हो भन्ने कुराको मलाई अत्तोपत्तो थिएन । तर दुवैले मलाई तानेँ, पहिलोः ‘पैताला’- कति सुन्दर नाम । म त त्यतिबेला घुडादेखि तल सबै भागलाई खुट्टा भन्थेँ । ‘पैताला’ शब्द त्यति प्रयोगमा थिएन मेरो निम्ति । दोस्रोः ‘गनेस पौडेल’ – सोचेँ, यो मान्छेको थर त मेरा बासँग मिल्दो रहेछ । तर यो खासै अनौठो कुरा होइन, अनौठो त- ‘गनेस’ हो । ‘गनेस’ कति हलुका छ- यो ‘गणेश’ जस्तो वजनदार छैन ।

मैले ‘गनेस’ र ‘पैताला’ दुबैलाई घर ल्याएँ ।

पढेँ- यो किताबको क्लाइमेक्स बाहेक सबथोक राम्रो लाग्यो । कथा । लेखाइ । लेखाइ भित्रको सरलता । सरलता भित्रको गम्भीरता । गम्भीरता भित्रको गहिराई । गहिराई भित्रको उच्चाइ । सबथोक मनपर्यो तर अन्त्य.. । किनकिन अन्त्य चित्तै बुझेनँ । मन बुझाउनै सकिनँ । कास.. यस्तो हुन्थ्यो । यस्तो भएको भए हुन्थ्यो ।

केहीदिनसम्म हृदयमा यही छुकछुक चलिरह्यो ।

अन्ततः किताब दराजमा थन्कियो ।

महिना बित्यो । एउटी केटी जो मलाई राम्रो/राम्री लाग्थ्यो, जोसँग म कलेजसँगै पढ्थेँ, उसले फेसबुकमा टेक्स्ट गरी-

“कुनै किताब पढ्न देऊ न !”

ऊ पनि साहित्यिक किताबहरू पढ्न रुचाउँथी । यो पनि एउटा कारण थियो, मलाई ऊ मन पर्नुको ।

मनपर्ने मान्छेले भनेको कुरा कसरी टार्ने ? लगिदिएँ- उही ‘पैताला’ जो मेरो हातमा बोकिएर ऊसम्म पुगेको थियो- न कि हिँडेर ।

उसले किताब लगी । कसैलाई आफ्नो किताब दिदाँ अहिले पनि मन कटक्क हुन्छ, त्यतिबेला पनि भा’थ्यो ।

मैले ‘पैताला’सँग उसको मुस्कान साटेँ ।

दिन बिते । महिना बिते । हाम्रो सेक्सन चेन्ज भयो । मैले ‘पैताला’लाई बिर्सेँ । र उसलाई पनि सम्झिनँ ।

करिब वर्षदिनअघि त्यो किताबबारे मेरो प्रिय आत्मासँग गफको सिलसिला चल्यो । मस्तिष्कमा एउटा झिल्को उड्यो- मसँग थियो त्यो किताब तर कसले लग्यो ? कसलाई दिएँ ? – सम्झिन खोजेँ, सम्झिनँ ।

सम्झिन खोजेँ, सम्झिनँ ।

सम्झिन खोजेँ, सम्झिनँ ।

सम्झिन खोजेँ, सम्झिनँ ।

सम्झिन खोजेँ- सम्झेँ ।

मैले त्यो केटीलाई दिएको थिएँ- जसलाई कुनै समय म मन पराउँथे । यो ‘मन पराउँछु’ भन्ने शब्द/महसुस मेरालागि त्यतिबेला क्षणिक थियो ।

तुरुन्तै, उसलाई म्यासेन्जरमा म्यासेज पठाएँ । उसले ठाडै दिन्न भनी ।

“तिमीले दिएको ‘पैताला’ मलाई खुब मन पर्यो । म चाहन्थेँ, तिमीले त्यो किताब मलाई दिएको होउ भनेर बिर्स । त्यही भएर मैले कहिल्यै सम्झाइनँ तिमीलाई । तर दुर्भाग्यवश, आज सम्झियौ तिमीले । किन सम्झ्यौ यार ? अब भयो, छोडदेऊ, फेरि बिर्स – कुनैदिन अरु कुनै किताब दिएर पैंचो तिरौंला तर यो किताबको कुरा ननिकाल अब फेरि ।”

अरे ! अचम्म छ बा ! आफ्नै किताब माग्दा पनि पुरै भाषण नै सुन्नु पर्ने !

‘लौ त मरिराख !’ -मनमनै सोचेँ ।

***


केही महिनाअघि फेसबुकबाट गुमनाम भएको गनेस पौडेल उर्फ ‘पैताला’लाई इन्स्टामा म्यासेज धकेलेँ-

“‘पैताला’ काठमाडौंभरि खोजेँ- पाइनँ । मलाई फेरि पढ्न मन भयो । दोस्रो संस्करण साच्चै ननिकाल्ने हो ?”

उसको रवाफी हो या अल्छे जवाफ- “खै.. निकाल्नै मन छैन !”

‘कस्तो लेखक रैछ ! हुन त बा’कै थर भ’को लेखक न पर्यो !’

खै कुन्नि कहिलेदेखि जमलको एक कुनामा धुलोले अनुहार बिगारिरहेको रै’छ यसको । आज ठुस्स परेर बसिरहेको देखेँ । हिड्दाहिड्दै ‘पैताला’लाई देखेर मेरा पैताला रोकिएँ । मन फुरुक्क भयो । किनेँ । कोठा ल्याएँ ।

अब फेरि पढ्छु ।
तर क्लाइमेक्ससम्म पुग्दिनँ कि !

ल त, कथा सकियो । यो कथाको कुनै क्लाइमेक्स छैन ।

अस्तु: 

“पैताला र जमिनको आदिम संवाद नै मान्छे को पहिलो कथा हो !”

अब सुनौं सोही कथा विस्तारमा:

त्यतिबेला म कक्षा १२मा पढ्थेँ र मलाई कक्षाका किताब बाहेक सबै किताब पढ्ने भुत चढेको थियो । 

इटहरीमा ‘पैताला’ आएर बसेछ । त्यतिबेला कुन/कस्तो/कसको किताब पढ्ने मलाई त्यति ज्ञान थिएन । घरमा किताब सकिए । आमालाई पैसा मागेँ, कोर्सको किताब किन्नु पर्यो भन्ने बहानामा । छोरोले धेरै पढोस्, आमा यहीँ चाहथिईन् । छोरोको झुट आमाले पत्याईन् ।पैसा हात लाग्यो । र म इटहरी पुगेँ, कोर्सको किताब न-किन्न ।

त्यहाँ मिस्टिरियस् लुक्सको साथ, खै कुन चाहिँ बटुवालाई कुरेर बसेको थियो एउटा जोगी- जसको नाम ‘पैताला’ थियो । साँच्चै भन्दा, त्यतिबेला पैताला कस्तो थियो र गनेस पौडेल को हो भन्ने कुराको मलाई अत्तोपत्तो थिएन । तर दुवैले मलाई तानेँ, पहिलोः ‘पैताला’- कति सुन्दर नाम । म त त्यतिबेला घुडादेखि तल सबै भागलाई खुट्टा भन्थेँ । ‘पैताला’ शब्द त्यति प्रयोगमा थिएन मेरो निम्ति । दोस्रोः ‘गनेस पौडेल’ – सोचेँ, यो मान्छेको थर त मेरा बासँग मिल्दो रहेछ । तर यो खासै अनौठो कुरा होइन, अनौठो त- ‘गनेस’ हो । ‘गनेस’ कति हलुका छ- यो ‘गणेश’ जस्तो वजनदार छैन ।  

मैले ‘गनेस’ र ‘पैताला’ दुबैलाई घर ल्याएँ ।

पढेँ- यो किताबको क्लाइमेक्स बाहेको सबथोक राम्रो लाग्यो । कथा । लेखाइ । लेखाइ भित्रको सरलता । सरलता भित्रको गम्भीरता । गम्भीरता भित्रको गहिराई । गहिराई भित्रको उच्चाइ ।  सबथोक मनपर्यो तर अन्त्य.. । किनकिन अन्त्य चित्तै बुझेनँ । मन बुझाउनै सकिनँ । कास.. यस्तो हुन्थ्यो । यस्तो भएको भए हुन्थ्यो । 

केहीदिनसम्म हृदयमा यही छुकछुक चलिरह्यो ।

अन्ततः किताब दराजमा थन्कियो । 

महिना बित्यो । एउटी केटी जो मलाई राम्रो/राम्री लाग्थ्यो, जोसँग म कलेजसँगै पढ्थेँ, उसले फेसबुकमा टेक्स्ट गरी- 

“कुनै किताब पढ्न देऊ न !”

ऊ पनि साहित्यिक किताबहरू पढ्न रुचाउँथी । यो पनि एउटा कारण थियो, मलाई ऊ मन पर्नुको ।

मनपर्ने मान्छेले भनेको कुरा कसरी टार्ने ? लगिदिएँ- उही ‘पैताला’ जो मेरो हातमा बोकिएर ऊसम्म पुगेको थियो- न कि हिँडेर । 

उसले किताब लगी । कसैलाई आफ्नो किताब दिदाँ अहिले पनि मन कटक्क हुन्छ, त्यतिबेला पनि भा’थ्यो । 

मैले ‘पैताला’सँग उसको मुस्कान साटेँ ।

दिन बिते । महिना बिते । हाम्रो सेक्सन चेन्ज भयो । मैले ‘पैताला’लाई बिर्सेँ । र उसलाई पनि सम्झिनँ ।

करिब वर्षदिनअघि त्यो किताबबारे मेरो प्रिय आत्मासँग गफको सिलसिला चल्यो । मस्तिष्क एउटा झिल्को उड्यो- मसँग थियो त्यो किताब तर कसले लग्यो ? कसलाई दिएँ ? – सम्झिन खोजेँ, सम्झिनँ । 

 सम्झिन खोजेँ, सम्झिनँ । 

 सम्झिन खोजेँ, सम्झिनँ । 

 सम्झिन खोजेँ, सम्झिनँ । 

 सम्झिन खोजेँ- सम्झेँ ।

मैले त्यो केटीलाई दिएको थिएँ- जसलाई कुनै समय म मन पराउँथे । यो ‘मन पराउँछु’ भन्ने शब्द/महसुस मेरालागि त्यतिबेला क्षणिक थियो । 

तुरुन्तै, उसलाई म्यासेन्जरमा म्यासेज पठाएँ । उसले ठाडै दिन्न भनी ।

“तिमीले दिएको ‘पैताला’ मलाई खुब मन पर्यो । म चाहन्थेँ, तिमीले त्यो किताब मलाई दिएको होउ भनेर बिर्स । त्यही भएर मैले कहिल्यै सम्झाइनँ तिमीलाई । तर दुर्भाग्यवश, आज सम्झियौ तिमीले । किन सम्झ्यौ यार ?  अब भयो, छोडदेऊ, फेरि बिर्स – कुनैदिन अरु कुनै किताब दिएर पैंचो तिरौंला तर यो किताबको कुरा ननिकाल अब फेरि ।”

अरे ! अचम्म छ बा ! आफ्नै किताब माग्दा पनि पुरै भाषण नै सुन्नु पर्ने !

‘लौ त मरिराख !’ -मनमनै सोचेँ ।

***

केही महिनाअघि फेसबुकबाट गुमनाम भएको गनेस पौडेल उर्फ ‘पैताला’लाई इस्टामा म्यासेज धकेलेँ-

“‘पैताला’ काठमाडौंभरि खोजेँ- पाइनँ । मलाई फेरि पढ्न मन भयो । दोस्रो संस्करण साच्चै ननिकाल्ने हो !”

उसको रवाफी हो या अल्छे जवाफ- “खै.. निकाल्नै मन छैन !”

‘कस्तो लेखक रैछ ! हुन त बा’कै थर भ’को लेखक न पर्यो !’

खै कुन्नि कहिलेदेखि जमलको एक कुनामा धुलोले अनुहार बिगारिरहेको रै’छ यसको । आज ठुस्स परेर बसिरहेको देखेँ । हिड्दाहिड्दै ‘पैताला’लाई देखेर मेरा पैताला रोकिएँ । मन फुरुक्क भयो । किनेँ । कोठा ल्याएँ ।

अब फेरि पढ्छु । 

तर क्लाइमेक्ससम्म पुग्दिनँ कि ! 

ल त, कथा सकियो । यो कथाको पनि कुनै क्लाइमेक्स छैन ।

अस्तु: